भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप दिने बताएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै मोदीले नेपाललाई छिट्टै कोरोना खोप उपलब्ध गराउने आश्वासन दिएका हुन् ।
टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार दुई नेताबीच कोरोना महामारीविरुद्ध संयुक्त रुपमा लड्ने विषयमा कुराकानी भएको हो ।








