पूर्व माओवादी नेताले आज नयाँ घोषण गर्ने, के गर्दछन् नयाँ घोषणा



पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले नयाँ घोषणा गर्ने भएका छन् । मंगलबार दिउँसो ३ बजे भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा एक कार्यक्रम गरी नयाँ घोषणा गर्न लागेको त्यो समूहका एक नेताले जानकारी दिए ।

नयाँ घोषणा गर्ने भनिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली सरकारका रहेका पूर्वमन्त्री प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, राष्ट्रिय सभा एमाले संसदीय दलका नेता सुमन प्याकुरेल लगायतको उपस्थिति हुने जानकारी दिइएको छ । सो कार्यक्रममा एमालेका अन्य नेताहरु पनि सहभागी ती नेतालेबताएका छन् ।

त्यो नयाँ घोषणा भनेको के हो रु भन्ने बारेमा भने खुलाउन चाहेनन् । ‘देशव्यापी रुपमा केही हुने गरी केही घोषणा गर्न लागिएको हो । विस्तृत कार्यक्रममै घोषणा हुन्छ’ ती नेताले भने ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  १२ : ५२ बजे