नेकपा एमाले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरूले उपाध्यक्ष रावललाई राजीनामा फिर्ता लिन दबाब दिन काठमाडौं आएका हुन्।
एमाले सांसद झपट रावलका अनुसार उपाध्यक्ष रावलले दिएको राजिनामा फिर्ता लिन प्रदेशका मन्त्री र सांसदले घरमै पुगेर दबाब दिइरहेका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। रावलको राजीनामा अझै स्वीकृत भएको छैन।
हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालले हप्काएर पठाएपछि सांसद पदबाट राजीनामा दिएको बताएका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आग्रह गर्दा नेपालले हप्काएपछि रावलले सांसद पदबाट राजीनामा दिएपनि हतारमा गरिएको निर्ण फिर्ता लिन आग्रह गरेका थिए ।








