नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बिपिले गरेको योगदान सधैं स्मरणीय रहेको बताएका छन ।वीपी स्मृति दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ नेता सिंहले वीपीले देखाएको प्रजातन्त्रको बाटो नेपाली कांग्रेसले आत्मसात गर्नुपर्ने उल्लेख गरेका छन ।
‘वीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ ।’ उनले भनेका छन, ‘त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।’
नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि वीपीले गरेको योगदान सधैं स्मरणीय रहेको उनको भनाई छ । आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति बिपिको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुने उनले उल्लेख गरेका छन ।








