जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले कांग्रेसका नताहरुमाथी आरोप लगाएका छन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले नेपाली कांग्रेस संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सानो सोच र स्वार्थ भएको बताएका हुन्।
भट्टराईले बीपी कोइराला स्मृति दिवस मनाइरहँदा मुखले गुणगान गाए पनि काममा आफ्नो सानो सोच रहेको टिप्पणी गरेका हुन्। नेपाली इतिहासको अग्रणी व्यक्ति बीपी कोइराला र पीएल सिंहलाई आधुनिक भएको उल्लेख गर्दै कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुलाई स्वार्थमा लागेको कटुसत्य नभुल्नसमेत बाबुरामको आग्रह छ।
‘आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृतिदिवस (क्रमशस् साउन ६ र ७ गते)मनाइरहॅदा मुखले वहाँहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत” नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं !’उनले भनेका छन्।








