नेकपा (एमाले)का वरिष्ठ नेता मावधकुमार नेपालले पार्टी भित्र अपमान सहेर बस्न नसकिने बताएका छन्। बिहीबार ४३औं पुष्पलाल स्मृति दिवसका चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुने बताएका हुन् ।
नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै अएको बताउदै कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुने बताए। “आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न। तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन,” वरिष्ठ नेता नेपालले भने।
कार्यक्रममा बोल्दै नेपालले अध्यक्ष ओलीतिर संकेत गर्दै नेता अहंकारी भए की भनेर जाँच्नुपर्ने बताए। उनले एमाले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताए।
नेपालले लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताए। उनले केही दिनअघि युवा संघले निकोलेको जुलुसप्रति इंगित गर्दै भने, “कहिले स्याल हुइयाँ, कहिले बरन्डामा ऊफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ। यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन।”








