प्रधानमन्त्री देउवा बुढानिलकण्ठमा



प्रधानमन्त्री शेर बहादुर देउवा बुढानिलकण्ठ पुगेका छन् । शुक्रबार पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन बुढानिलकण्ठ पुगेका हुन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखेपछि तिब्र विरोध भएको थियो। देउवाले प्रधानमन्त्री निवासमा पार्टीको बैठक नराख्ने निष्कर्ष निकालेका हुन् ।

आजको बैठकमा पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएपनि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमासमेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १० : ०१ बजे