कांग्रेस पदाधिकारी बैठक : क्रियाशील छानबिन समितिले बुझायो प्रारम्भिक प्रतिबेदन , महाधिवेशन कार्यतालिका संशोधन हुने



नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्ने भएको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले महाधिवेशनका लागी तय भएको भदौ १६ को मिति परिवर्तन नहुने गरी कार्यतालिका संशोधन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा पार्टिका पार्टीको क्रियाशील  छानबिन समितिका संयोजक रमेश लेखकले समिमितिको तर्फबाट प्रारम्भिक प्रतिबेदन सभापती देउबालाई बुझाएका छन ।   आजैको बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई  बाकी काम सक्नका लागी साउन १० गतेसम्म समय थप गरेको छ ।बैठकपछी  धर्नामा बसेका पार्टीका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तेस्तै आजकै बैठकमा पार्टिको निर्बाचन समितिका संयोजक महादेब यादबले महाधिबेशन सम्पन्न गर्नका लागी निर्बाचन समितिले हाल सम्म गरेका कामहरुको बिबरण पनि सभापती देउबालाई बुझाएका छन । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने भएपछी आजको बैठक निजी निवास बूढानिलकण्ठमा बसेको हो ।

बैठकपछि प्रवक्ता पत्रकारहरुसँग कुरा गर्दै विश्वप्रकाश शर्मालेसत्ता र पार्टीका विषयमा लगातार प्रश्न उठाउन आग्रह गरे । उनले प्रश्न उठाउनेहारुलाई धन्यबाद पनि दिए ।कांग्रेस पदाधिकारी बैठक भोली पनि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकपछि एक नेताले न्यू सञ्चारलाई बताए

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १२ : ३८ बजे