विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता



नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएको छ । केहि दिनदेखी विभिन्न दलका शिर्ष नेताहरुसंग विप्लवले भेटघाट बढाएका हुन् ।

शुक्रबार विप्लवको टोलीले राप्रपाका नेताहरूसँग भेटवार्ता गरेको छ । भेटमा समसामयिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए ।

‘सौहार्दपूर्ण भेटघाट भयो, दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ उनले भनेका छन्, ‘विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’

विप्लव समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो । यसअघि विप्लवको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको थियो ।

त्यस्तै निवर्तमान प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतसँग पनि भेटघाट गरिएको थियो ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १२ : २५ बजे