नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवासमा पुगेका छन् । शुक्रबार अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारी रअध्यक्ष ओलीबीच झन्डै ४५ मिनेट समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताए ।
प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। यसअघि असार २९ गते शितल निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा ओली अनुपस्थित भएका थिए।








