राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले खोप मागेका बेला सरकार भोट मागेको बताएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष केसीले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए ।
उनले केपी ओली नेतृत्वको सरकारले बिचित्रको काम गरेको उल्लेख गरे । जनता कोरोना महामारीबाट ज्यान खोप माग्ने तर सरकार भने भोट माग्ने बिचित्रको राजनीति भएको बताए । नेता केसीले चुनाव जित्नका लागि खर्च गर्ने र चुनाव जितेपछि भष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको बताउँदै आफूले प्रत्यक्ष रुपमा यस्ता घटनाहरूको साक्षी भएको उल्लेख गरे ।
पुष्पलाल श्रेष्ठको बारेमा बोल्दै धेरैपटक उनीसँग संगत गरेको भन्दै बिचार नमिल्ने कुरामा विवाद समेत गरेको स्मरण गरे । नेता केसीले ५ दललाई संसद जोगाएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।








