चुपचाप रहेका नेता रावलले फेरी गरे यस्तो खुलासा, के होला त सम्भव



नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष रावलले पार्टी फुटाएर कसैको भलो नहुने भएकाले आफू पार्टी एकताको पक्षमा उभिएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा असहमति जनाउँदै रावलले ३ साउनमा सांसदबाट राजीनामा दिएपनि नेता र कार्यकर्ताको दबाब आएको भन्दै ८ साउनमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका थिए।

त्यसयता चुपचाप रहेका नेता रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अभिचुपचाप रहेका नेता रावलले फेरी गरे यस्तो खुलासा, के होला त सम्भवव्यक्तिपछि सामाजिक सञ्जाल मार्फत बोलेका हुन्। शनिबार एक कार्यक्रममा बोल्दै दाहालले पाँच दलीय गठबन्धन भत्काउन खोजिएको र त्यसको सिलसिलामा रावल पनि ढलेको बताएका थिए।

त्यसको जवाफ दिँदै रावलले भनेका छन्, ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ढलेको होइन।’

राजीनामा दिनुअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका रावलले आफू अझै पनि एमाले एकताको पक्षमा रहेको जिकिर गरेका छन्। ‘मैले स्वच्छ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरूबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन हो,’ राजीनामा फिर्ता लिएपछि रावलले भनेका छन्, ‘पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनले कसैको भलो नहुने स्पष्ट छ।’

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ११ : १७ बजे