एमाले वरिष्ठ नेता नेपालमाथी पोखरेलले लगाए यस्तो आरोप, के गर्लान नेपाल



लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता शंकर पोखरेलले पार्टीका अर्का नेता माधवकुमार नेपाललाइ सत्ता सुम्पीएको आरोप लगाएका छन् । आइतबार समाजिक सञ्जालमा वरिष्ठ नेता नेपालले चुनावी घोषणा बिर्सेर नेपाली काँग्रेसलाई सट्टा सुम्पिएको आरोप लगाएका हुन् ।

‘चुनावी घोषणा पत्र र जनता बीच गरिएको वाचाकवोल विर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकाँलाई सत्ता सुम्पने ठुला नेताका कुरा नै ठुला !’ उनले लेखेका छन् ।

सर्वोच्च अदालतले २८ असारमा पुनस्थापना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नियक्ती गर्ने परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाले साउन ३ गते विश्वासको मत लिदा माधव पक्षका २३ सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत लिनु अघि एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य भीम रावलले पदबाट राजीनामा दिएका थिए । अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले पदबाट राजिनामा दिएपनि चौतर्फिक दवावपछि फिर्ता लिएका हुन् ।

एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक रहेका रावल पछिल्लो समय शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ११ : ४८ बजे