जनता समाजवादी पार्टी (जसपा) कि लुम्बिनी प्रदेश सभाकी सांसद पुर्मती ढेंगा सम्पर्क विहीन भएको इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी परेको छ । जसपा उपेन्द्र यादव समुहले सांसद ढेंगालाई सत्तापक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको हो ।
प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएको बताए । पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन ।
एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुलाई जसपाले झुट्टा आरोप लगाएको बताएपनि इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी जारी रहेको बताए ।
उनी शुरूदेखि यादव पक्षमा लागेकी थिइन ।६ जना सांसद प्रदेश सभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर चार जना मन्त्री बनेका थिए ।








