नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन् । सोमबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष निवास खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका थिए भने कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।








