प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ। आइतबार मात्रै प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। देउवाले सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एमाले माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।








