जसपामा उपेन्द्र पक्षमा पुग्यो बहुमत, रेशम चौधरीले पनि गुट फेरे !



जनता समाजवादी नेपालको आधिकारीता दाविमा उपेन्द्र यादवको पक्षलाई बहुमत मिलेको छ । जसपाको ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् ।

उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् । उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज ‘हेड काउन्ट’मार्फत गरिरहेको हो ।

यादव पक्षलाई ठाकुर पक्षका नेताले समेत आयोगमा पुगेर ‘हेड काउन्ट’मा सघाएका छन् ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  १ : ५२ बजे