उपप्रधानमन्त्री तथा एमाले नेता रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी हुन नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महासेठले बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन नसक्ने दावि गरेका हुन् ।
‘कुनैपनि हालतमा माधव कमरेडलाई बराबरी हैसियतको अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन, उनले भने ।’
उनले अहिले नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भन्ने हल्ल निराधार भएको बताएका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’
उनले एमालेमा सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव भएकाले मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’
नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भइछाड्ने पनि दाबी गरे ।








