उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता



जसपाको उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ ।आयोगले सोमबार उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको जसपाका एक नेताले बताए ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको उनले पुष्टी गरे ।जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो ।

जसपामा ३४ जनाले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरे भने १६ जना महन्थ ठाकुरको पक्षमा उभिए । तेस्तै रेशम चौधरी तठस्था बसे ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ५ : २८ बजे