प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने छन् ।
यसैगरी आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/२०७७ पेश गर्ने कार्यसुची रहेको छ








