अध्यक्ष प्रचण्ड बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड मंगलबार बिहाना प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए

यता जनता समाजवादी पाटी (जसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएसंगै कार्यकारिणी समितिको बोलाएको छ । बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताए ।

संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने लगभग निश्चित छ ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  १० : २८ बजे