नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज सभापती देउबालाई समितिको प्रतिवदेन बुझाएका छन । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा संयोजक लेखकले प्रतिबेदन बुझाएका हुन ।
रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ । १४ औं महाधिवेशका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता दिइएको प्रतिबेदनमा उल्लेख छ ।आजको बैठकमा पार्टिका पदाधिकारी, पूर्व पदाधिकारी, क्रियाशील सदस्यता छानबिन समितिसँगै निर्वाचन समितिसमेत सहभागी थियो ।



















