सत्ता बाहिर गएको कुण्ठाबाट प्रतिपक्ष मुक्त हुन सकेन : सचेतक भुसाल



नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको कुण्ठाबाट एमाले मुक्त हुन नसकेको आरोप लगाएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक भुसालले सत्ता बाहिर गएको कुण्ठाबाट प्रतिपक्ष मुक्त हुन नसकेको बताएकी हुन् ।

‘संविधान नमान्ने, अदालतको फैसला प्रभावित हुनेगरी संसदमा बहस भइरहेको छ । सत्ता बाहिर गएको कुण्ठाबाट प्रमुख प्रतिपक्षी दल मुक्त हुन नसकेको देखियो’ भुसालले भनिन् ।

उनले धैर्यधारण गरेर आफ्नो कुरा अगाडि बढाउन एमालेलाई सुझाव दिइन् । भुसालले यसअघिको सरकारले कोरोनाविरुद्धको दोस्रो डोज खोप उपलव्ध नगराएर मुलुकका वृद्धवृद्धालाई निराश बनाएको आरोप लगाइन् ।

 

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  २ : ३६ बजे