कानुन व्यवसायीसँग छलफल गर्दै ठाकुर पक्ष



निर्वाचन आयोगबाट आधिकारिकता गुमाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कानुन व्यवसायीसँग छलफल गर्न लागेको छ। मंगलबार ४ बजेपछि ठाकुर पक्षले आफूनिकट कानुन व्यवसायीसँग छलफल गर्न लागेको हो।

ठाकुरनिकट कार्यकारिणी सदस्य केशव झाले भने,ुकानुन व्यवसायीसँगको छलफलपछि हामीले के गर्ने भनेर एउटा निश्कर्ष निस्किन्छ होला।ु

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै ठाकुर पक्ष अन्यौलमा छ। ५१ सदस्यीय कार्यकारिणीमा यादवको पक्षमा ३४ जना छन् भने ठाकुरको पक्षमा १६ जना छन्। एक जना तटस्थ बसेका छन्।

आफूहरू एकै ठाउमा बस्ने सम्भावना सकिएकाले अब कसरी अघि बढ्ने भने छिट्टै निर्णयमा पुग्ने ठाकुर पक्षीय कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले सेतोपाटीलाई बताए।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ३ : ४२ बजे