नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी हुनेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सो जानकारी दिएका हुन् ।
बिहानमात्र अध्यक्ष प्रचण्डले नेपालसँग भेटेकाथिए । नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग पाउने माओवादी स्थायी कमिटीका एक सदस्यले बताए ।
नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले जानकारी दिएका छन् ।








