सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो ।
तेस्तै आजकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा . विश्व पौडेल नियुक्त गरेको छ ।








