एमाले अध्यक्ष ओली लिए यस्तो निर्णय, सचिव तामाङले गरे खुलासा



एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गन थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनको भनाई छ ।

उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

यस्तै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो, नेकपा एमाले । उसले जितेको सीट संख्या दोस्रो दल कांग्रेस र तेस्रो दल माओवादी जोड्दा भन्दा पनि बढी छ । केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक उपस्थिति हस्तक्षेपकारी भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण एमाले यतिबेला रक्षात्मक अवस्थामा छ ।

केन्द्रमा सरकारको नेतृत्व गुमाएको छ भने प्रदेशमा पनि क्रमशः एमालेको सरकार ढल्ने क्रममा छ । गत निर्वाचनमा संघीय प्रतिनिधि सभामा १२१ सिट जितेको एमालेको संसदीय दलभित्र अहिले तीनवटा समूह अस्तित्वमा छन् ।

पार्टीको केन्द्रदेखि तल्लो तहसम्मको संगठनमा पनि विभाजन देखिएको छ । एमाले पंक्तिमा पार्टीभित्र सल्किएको विवादको आगो १० बुँदे सहमतिरूपी ‘दमकल’ले निभाउन सक्छ भन्ने मान्यता राख्नेको संख्या धेरै छ ।

तर, ओली र नेपालले संयुक्त रूपमा बनाएको कार्यदलको यो सहमतिलाई माधव नेपालले अस्वीकार गरिसकेका छन् । कार्यदलको १० बुँदे सुझावले समाधान दिने भनिएको एमालेको आन्तरिक विवाद झन्झन् गहिरिँदै गएको छ ।

दोस्रो पुस्ताका नेताहरूले विवाद थप गहिरिन नदिन दिनरात मेहनत गरिरहेका छन् । सांसदहरूले ‘सुदृढ आन्तरिक एकता अभियान’ नै शुरू गरेका छन् । यो अभियानमा रहेका सांसदहरूले पार्टी विभाजनको कुनै पनि गतिविधिमा नलाग्ने भनेका छन् ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  ५ : ०३ बजे