नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढ्यो : डा. डिला संग्रौला



नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढेको बताएकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले आम जनताको अपेक्षा बढेकाले सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन माग गरेकी हुन् ।

उनले भनिन् ,‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’

उनले आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गरेकी हुन् । ‘कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्। लाखौं बालबालिकाले पढ्न पाएका छैनन्। सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  २ : ३५ बजे