कांग्रेस नेता प्रदीप गिरिले संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको बताएका छन ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले भने “म यहाँ सुभकामनासँगै प्रधानमन्त्रीजीलाई सानो कुरा सम्झाउँन उभिएको हुँ,” गिरिले भने, “३०६२÷६३ पछिको सरकारमा हाम्रा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा विस्तृत शान्ति सम्झौता भएको थियो, अन्तरिम संविधान बनेको थियो । त्यसका हस्ताक्षरकर्ता अहिले पनि यहाँ हुनुहुन्छ ।” उनले त्यसरी गणतन्त्र ल्याउनेहरु नै अहिले पनि संसदमा भए पनि जनताले भने परिवर्तनको महसुस गर्न नसकेको बताए ।
“गणतन्त्र आएपछि पनि किन लागेन नेपाली जनतालाई हाम्रो पालो आएछ रु,” गिरिले प्रश्न गरे, “चप्पल लगाउने नागरिकलाई किन लागेन अव त परिवर्तन भएछ रु” उनले आफ्नो प्रश्न प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँगै अरुलाई पनि भएको बताए ।








