पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले किन गरे यस्तो ब्रिफिङ



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह सरकारमा नजाने भएकाले मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समुह सरकारमा नआउने भएकले अझै मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने बताएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

यसबारे साँझ छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक राखेका छन् ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  २ : १० बजे