एमाले स्थायी कमिटीको बैठक सुरु, उपाध्यक्ष गौतम पनि सहभागी



नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार च्यासलस्थिति तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। यसअघिका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बहिष्कार गरेका गौतमले आजको स्थायी कमिटीको बैठकमा सहभागि भएर आफू ओली पक्षमै भएको सन्देश दिएका छन्।

हाल एमालेमा ओली-नेपाल कुन पक्षमा लाग्ने भन्नेबारेमा नेताहरुले कित्ता क्लियर गर्दै आएका छन्। नेपाल पक्षका केही नेताहरु ओली समूहमा र ओली समूहमा रहेका केही नेताहरु नेपाल पक्षमा खुल्न थालेका छन्।

एमालेको आइतवारको बैठकमा विधान महाधिवेशन, केन्द्रीय पदाधिकारीको पूर्णता लगायतका विषयमा छलफल हुदै छ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  ४ : २२ बजे