जनता समाजबादी नेपालले पदमुक्त गरेका ३ जना मन्त्री सर्वोच्च अदालत पुगेका छन् । आइतबार लुम्बिनी प्रदेशसभाका जना मन्त्री दोस्रोपटक सर्वोच्च अदालत पुगेका हुन् ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै उनिहरुलाई जसपाले कारबाही गरेको थियो । जसपाले सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेलाई सांसद पदबाट मुक्त गर्न लुम्बिनी प्रदेशसभालाई पत्राचार गरेको थियो । प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको हो ।
यसअघिको अन्तरिम आदेश प्राप्त रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा फेरी पार्टीले कारवाही गरेको भन्दै जनता समाजवादी पार्टीले गरेको कारवाही बदर गर्न माग गरेका छन् ।








