ओलिले गरे विभागहरूमा मनोनयन



नेकपा (एमाले)ले केन्द्रीय निकाय एवं विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ ।सोमबार बसेको स्थायी कमिटीको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको हो ।

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन थालेको हो ।माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ ।एमालेको स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली स्वयं रहेका छन् भने संगठन विभाग प्रमुखमा बिष्णु पौडेल रहेका छन् ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ६ : ५९ बजे