एमालेका अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता हुने तय भएको छ । पार्टीभित्र तीव्र मतभेद चर्किरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल भेट्न राजी भएका हुन्।
उनीहरुको आज नै भेटवार्ता गर्ने भएपनि समय र स्थान भने टुंगो लागिसकेको छैन ।
सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको लागि सम्भावित विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो ।
पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । यीबीचमा दुई नेता भेटका लागि तयार भएका हुन् । छलफलका एजेण्डा तय गरेर भेटको स्थान र समय तय गरिने बताइएको छ ।








