युबा नेताहरुलाई महामन्त्री कोइरालाले भने “पार्टी बचाउन लाग्नुस्,पार्टी बाचे मात्रै तपाइहरुको पनि राजनिती बाच्छ”



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टिको संस्थापन इतरका युवा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।महामन्त्री कोइरालाले युबा केन्द्रिय सदस्यहरु दीपक गिरी, कमला पन्त, धनराज गुरुङ,गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे सरिता प्रसाई, बद्रि पाण्डे, किरण यादव, कल्याण गुरुङ र रत्ना शेरचनसँग काठमाडौंको होटल शाम्बलामा कांग्रेसको आसन्न महाधिवेशनको सुनिष्चितता , महाधिबेशनमा संस्थापन इतर समुहको उम्मेद्वारी, सरकारको पुर्णता  र समसामयिक राजनीतिबारे छलफल गरेका हुन ।

छलफलमा डा. कोइरालाले संस्थापनइतरबाट पार्टिको महाधिबेशनमा सबैको सहमतिमा एउटै उम्मेद्वारी रहने जानकारी गराउदै त्यसका लागी आफुले नेताहरुसँग छलफल गरी रहेको र आवश्यकता अनुसार थप छलफल गर्ने बताएको छलफलमा सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिए ।आफु उम्मेद्वार बन्ने बताउदै कोइरालाले त्यसका लागी सबैसग छलफल गरिरहेको र युबा नेताहरुलाई पनि सहयोगका लागी आग्रह गरेको उनले बताए

महामन्त्री कोइरालाको भनाइ उधृत गर्दै उनले भने “हाम्रो समुहमा उम्मेद्वारिका लागी छलफल भइरहेको छ उम्मेद्वार म बनेपानी अरु कोही बने पनि सहमतिमै एउटा मात्रै उम्मेद्वारी तय हुन्छ, हाम्रो समुहलाई एकताबद्द बनाउन र पार्टी बचाउन म लाग्छु,तपाइहरु पनि त्यसैमा लाग्नुस्,पार्टी बाचे मात्रै तपाइहरुको पनि राजनिती बाच्छ,देशलाई पनि राम्रो हुन्छ ।”

छलफलमा युवा नेताहरूले महामन्त्री कोइरालालाई सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने सुझाव दिएको छलफलमा सहभागी केन्द्रिय सदस्य गुरुराज घिमिरेले बताए ।न्यू सञ्चारसग कुरा गर्दै घिमिरेले भने “हाम्रो समूहले लिएको राजनीतिक अडानकै कारण सभापति देउवाको नेतृत्वमा सरकार गठन भएकोले सरकारमा सम्मानजनक सहभागिता हुनुपर्‍यो, सानोतीनो मन्त्रालय दिएर सबैलाई सरकारमा सहभागी गराएको जस्तो हुन दिनु भएन त्यसका लागी तपाइहरुले अडानपूर्वक कुरा गर्नु पर्‍यो, हामिले त्यही सुझाब दिएका छौ ।”

आगामी महाधिवेशनमा जो भएपनि एकजना मात्रै उम्मेदवार बन्नुपर्ने र सकेसम्म छिटो उम्मेद्वारी टुङ्गो लगाउनुपर्नेमा पनि छलफलमा सहभागी नेताहरु सबैले सुझाब दिएको घिमिरेले बताए ।

 

 

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  १० : ३८ बजे