प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ । राज्यमन्त्री क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन ।








