दार्चुला घटनाबारे समितिले सत्यतथ्य बाहिर ल्याउँछ भनेर कसरी विश्वास गर्ने ? : गगन थापा



नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउँछ भन्नेमा शंका व्यक्त गरेका छन् । दार्चुलामा भारतीय एसएसबीले तुइन खोलिदिँदा धामी नदिमा बेपत्ता भएका थिए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई प्रश्न सोध्नेक्रममा थापाले भने, ‘जयसिंह धामीको घटनामा भारतले भारतीय पक्षले कुनै संलग्नता नरहेको कुरा आएको छ । यस्तो हो भने छानबिन समितिले सत्यतथ्य कुरा पत्ता लगाएर ल्याउँछ भनेर हामीलाइ गृहमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनुहुन्छ ?’ उनले यो घटनामा नेपाल सरकार भारतसँग कसरी लड्छ भनेर पनि प्रश्न गरे ।

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  २ : २१ बजे