नेपाली काँग्रेसका सभापती शेर बहादुर देउबा इतरका नेताअहरुले पार्टिको महाधिबेशना र क्रियाशील सदस्यता विवादबारे छलफल गरेका छन । ।
नेता प्रकाशमान सिंहको निबास चाक्सिबारिमा भएको छलफलाले कांग्रेसमा बिधान बिपरित सदस्यता थपिएको भन्दै त्यसलाई नस्वीकार्ने निर्णय गरेको छ ।
तल्लो तहबाट सिफारिस नभई आएका सदस्यतामा धेरै विवाद देखिएको भन्दै त्यसरी प्रक्रिया बिना नै आएका सदस्यतालाई नस्विकार्ने निर्णय बैठकले गरेको हो ।
बारा, सप्तरीसहितका धेरै गाउँपालिकाहरुमा सदस्यतामा विवाद आएको छलफलपछि नेता अर्जुननरसिंह केसीले बताए ।
वडा सदस्यले सदस्यता नपाएको, जिल्ला सभापतिले सदस्यताको अनुहार नै हेर्न नपाएको र केन्द्रबाट सोझै आफ्ना मान्छे पारिएको केसीले बताए ।
मापदण्ड नपुगेकालाई मान्यता नदिने र विवाद भएका ठाउँमा १३ औं महाधिवेशनका सदस्यतालाई मात्रै मान्यता दिनपर्ने निष्कर्ष बैठकले निकालेको केसिले बताए ।








