नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी एकता अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बसेर वार्ता गरे मात्र सम्भव हुने बताएका छन् । नेम्वाङले एकता प्रयासमा आफु चौबिसै घण्टा जुटे पाि एमाले एकता सम्भव नभएको बताएका छन्।
बुधबार बिहान मात्रै विष्णु पौडेललाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुगेका नेम्वाङले दुई नेताबीच वार्ता नभएसम्म एकता सम्भव नभएको र वार्ताको आधार तयार नभएको बताएका हुन्।
उनले भने,‘आज मात्रै पनि हामीले नेता नेपाललाई भेट्यौँ। हाम्रो लामो कुरा भयो। तर छोटोमा भन्नु पर्दा निष्कर्ष केही निस्केन। दुई नेता बसेर टुंग्याउनु पर्छ। उहाँहरुको वार्ताको आधार तयार भएको छैन।’
छलफलमा नेपालतर्फबाट एमाले एकता कार्यदलका पूर्वसदस्यहरु भीम रावल र सुरेन्द्र पाण्डे पनि सामेल थिए।








