माधव नेपाल पक्षको बैठकमा किन गएनन् यी नेताहरु



नेकपा एमालेका नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई माधव कुमार नेपाल पक्षको बैठकमा अनुपस्थित भएका छन् । नेपाल समूह निकट मानिने उनीहरु बिहिबार बैठकमा अनुपस्थित भएका हुन् ।

नेपाल पक्षले कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । नेपालको सचिवालयले योगेशको आफन्तलाई संक्रमण देखियो र पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाँही देउवालाई प्रधानमन्त्री बनाउदा सर्वोच्च अदालतमा दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् । नेपाल पक्षले आज केन्द्रीय समितिको बैठक बोलाएको हो भने त्यसअघि स्थायी समिति बैठक चलिरहेको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहिबार  २ : ०९ बजे