नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संविधान अनुसारनै पार्टिको महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ ।पार्टिका पूर्व महामन्त्री एबक्म नेताअ प्रकाशमान सिंहको निवास चाक्सिबारिमा भएको पौडेल पक्षीय नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
आजको बैठकले महाधिवेशन पछि सार्ने ठाउँ सकिएकोले पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको बैठकपछी नेयाहरुले ब ताएका छन ।बैठकपछि सञ्चारकर्मिहरुसगा कुरा गर्दै बारीष्ठ नेताअ रामचन्द्र पौडेलले संविधान अनुसार २३ भदौसम्म मात्रै वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि वैधानिकता सकिने दाबी गरेका छना ।
‘संविधान अनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनै पर्छ, नगर्ने हो भने २३ भदौपछि वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता रहन्न,’ पौडेलले सञ्चारकर्मीहरूसँग भने ।उनले महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित निर्वाचन समितिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताए ।








