नेपाल समुहले थाल्यो यस्तो तयारी, अब के गर्लान ओली ?



नेकपा एमाले माधव समूहका नेता सोमप्रसाद​ पाण्डले आफुहरु एकताको पक्षमै रहेको बताएका छन् ।

‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’

उनले बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको बताए ।

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  ३ : १६ बजे