सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल



बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफलमा जुटेका हुन् ,

छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता छन् ।

उनीहरुबीच सरकार सञ्चालनमा सघाउन गठित काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ ।

शुक्रबार गठबन्धनको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि शीर्ष नेतालाई बुझाएको थियो । उक्त प्रतिवेदन आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

कार्यदलको प्रतिवेदनपछि गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषदलाई पूर्णता दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  १२ : १३ बजे