प्रचण्डले फेरी चाले यस्तो कदम, होला त उनको चाहाना पुरा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले रोजेका माओवादी केन्द्रका पुर्व नेताहरुलाई माओवादीमै फर्काउने कसरतमा लागेका छन् । अध्यक्ष प्रचण्ड माओवादीबाट प्रभावशाली नेताहरुले नै पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि नेताहरुलाई पुनः पार्टीमा फर्काउने रणनीतिमा दाहाल लागेका हुन् ।

माओवादीका प्रभावशाली नेताहरु रामबहादुर थापा ,लेखराज भट्ट, टोपबहादुर रायमाझी , प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरु सर्वोच्च अदालतको फैसलापछि एमाले रोजेका थिए । त्यसमध्ये रामबहादुर थापाले एमालेबाटै वागमती प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।

उनले नेताहरुलाई पार्टीमा फर्काउने जिम्मेवारी स्थायी कमिटी सदस्य कृष्णबहादुर महरालाई दिएका छन् । महराले माओवादीका पूर्व नेताहरुसंग एक चरण छलफल गरिसकेको स्रोत दावि छ ।

एमालेमा बसेका नेताहरु भने माओवादीमा नर्फकिने बताउँछन् । एमालेमा रहेका माओवादीका पूर्व नेता लेखराज भट्ट भने माओवादीमा फर्किने सम्भावना नरहेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेलाई १ प्रतिशत पनि सम्भावना छैन भोलीका दिनमा राजनीति हो । जे पनि होला तर म फेरी पनि भन्छु अहिलेलाई फर्किने सम्भावना जिरो छ ।’

नेता भट्टले अहिले आफुहरुको एमाले बाहेक अरु कुरामा ध्यान नदिएको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेतिर लाग्दा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको छ । त्यसपछि उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै निर्वाचन आयोग गएका थिए । आयोगले माओवादी वैधानिक रहेकाले खारेज गर्नुनपर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाले भने विगतका सबै गल्ति भुलेर उनीहरुलाई पार्टीमा स्वागत गर्न तयार रहेको सन्देश महरामार्फत दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा प्रचण्डले पूर्व माओवादीलाई एकतावद्ध बनाउन पहल सुरु गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  ४ : ०२ बजे