लुम्बिनीका मुख्यमन्त्रीको सरकार संकटमा, अब के गर्लान पोखरेल



सोमबार सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश नदिएसँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा परेको छ। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले तत्काल सदर गरिदिएपछि पोखरेल अल्पमत पर्ने भएका हुन् ।

तीन सांसदको पद पुनर्वहाली नभएसँगै लुम्बिनी प्रदेश सभा ८० सदस्यीय भएको छ। लुम्बिनीमा सत्तारूढ नेकपा एमालेसँग ३८ सांसद छन्। बहुमतका लागि ४१ जना सांसद चाहिन्छन्।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस १९, माओवादी केन्द्र १९, जसपा ३ र जनमोर्चाका १ गरि ४२ सांसद छन् तीमध्ये एक जना सभामुख हुन्।

पोखरेलविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनले संसदको विशेष अधिवेशन बोलाएका छन्।

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  ३ : १९ बजे