एमाले केन्द्रीय समिति बैठक सुरु



नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ । बैठकमा पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहले सहभागी जनाएको छैन ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको छ ।

केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गर्नेछन् ।

सो प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा खुला छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।

 

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  ३ : ४१ बजे