आयोगले जसपा अध्यक्षबाट ठाकुरको नाम हटायो,आयोगको अभिलेखमा अध्यक्ष उपेन्द्र



निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल नामक दलको अभिलेख अद्यावधिक गरेको छ । आयोगले जसपाको अध्यक्षमा उपेन्द्र यादवको नाम चढाउँदै नयाँ कार्यकारिणी समितिको विवरणको अभिलेखलाई अद्यावधिक गरेको हो ।योसँगै जसपाका नेता रहेका महन्थ ठाकुर र राजेन्द्र महतो जसपाको साधारण सदस्य मात्रै बनेका छन् । यादव पक्षले जसपाको आधिकारिकता ११ साउनमा पाएको थियो । त्यसपछि बसेको कार्यकारिणी समितिको बैठकले विवरण अद्यावधिक गरिदिन आयोगमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा आयोगले यादवलाई अध्यक्ष बनाइएको रेकर्ड अद्यावधिक गरिदिएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जसपाले कार्यकारिणी समिति बैठकबाट निर्णय गरी पठाइएको विवरणलाई आयोगले अद्यावधिक गरिदिएको जानकारी दिएका हुन् ।आयोगले ११ साउनमा जसपाको विवाद छिनोफानो गर्दा कूल ५१ मध्ये यादव पक्षमा ३४ जना कार्यकारिणी सदस्य उभिएका थिए । आयोगको सो निर्णयका विरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत नै गएको थियो । तर सर्वोच्च भने आयोगकै निर्णय अनुसार अघि बढेको छ । रेशम चौधरीलाई भने ठाकुर पक्षले कार्यकारिणी सदस्य राखेको छ ।

ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि अब ठाकुर, महतो, सरतसिंह भण्डारी लगायत १६ जना पहिलेका कार्यकारिणी सदस्य जसपाको साधारण सदस्य मात्रै बनेका छन् । हाल ठाकुर सहितका सो समूहका नेताहरू भने प्रदेश २ का जिल्ला दौडाहामा छन् ।

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  ५ : ०९ बजे