एमाले अध्यक्ष ओलीबारे शाक्यले किन भनिन् यस्तो, के भन्लान ओली



नेकपा एमाले माधव नेपाल समुहकी नेता अष्टलक्ष्मी शाक्यले आफूहरुले वडा तहसम्म अध्यक्ष केपी शर्मा ओली निरंकुश र सर्वसत्तावादी ढंगले अघि बढ्न खोजेको बताएकी छन् । उनले आmिुहरु कम्युनिष्ट आन्दोलन जोगाउन एमालेमै रहेर संघर्ष गर्ने योजनामा रहेर पनि अहिले अलि अफ्ठ्यारो अवस्था आएको उनले बताइन्।

‘कम्युनिष्ट आन्दोलनको उचाइ एमालेका कारण भएको हो, केपी ओलीका कारण होइन। हामीले त्यहाँ गएर ओलीको गलत सोचसँग वैचारिक संघर्ष गर्दै पार्टी जोगाउने हो,’ कुराकानीमा उनले भनिन्, ‘ओली झ्यालढोका बन्द गरेर ल आइज त भनेर झनै निरंकुश बन्न खोजेका छन्। अब त्यहीँ भित्रकाले बोल्न सुरु गर्दैछन्। अहिले अलिकति अफ्ठ्यारो भएको छ।’

उनले अब कसरी अघि बढ्ने भनेर आफूहरुको स्थायी कमिटी बैठकमा छलफल हुने उनले बताइन्। आफूहरूले एकतालाई जोड दिए पनि ओलीले निरंकुशता लाद्ने र अधिकार केन्द्रित गरेर सबैलाई पेल्ने बाटोमा गएको शाक्यको आरोप छ।

अध्यक्ष ओलीले सामुहिक नेतृत्वलाई स्वीकार नगरेको उनले बताइन्।

‘उहाँले सामुहिक नेतृत्वलाई नमानेको देखियो। कम्युनिष्ट आचरण, सिद्धान्त र विधिबाट चल्न चाहेको देखिएन,’ उनले भनिन्, ‘उहाँको कम्युनिष्ट पार्टीप्रति सोच नै गलत रहेछ भन्ने कुरा फेरि पनि सावित भएको छ।’

पार्टी एकताका लागि आफूहरू धेरै लचिलो भएको उनले बताइन्।

‘एकताको लागि लचिलो बनेको हो। यसलाई ओलीले हल्का ढंगले लिएको देखियो। त्यसको परिणाम ओलीले नै भोग्नैपर्छ,’ उनले भनिन्, ‘ओली कम्युनिष्ट पार्टीको नेता बन्न सक्नुहुन्न भन्ने मेरो विश्लेषण छ।’

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  १२ : १८ बजे