लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा



लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताले राजिनामा दिएका छन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिएसंग मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ४ : ०४ बजे