‘चीनले अतिक्रमण गरेका हुम्लाको भू–भागबारे साझा न्यूनतम कार्यक्रम किन मौन ?’



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लाको अतिक्रिमित भू–भागको विषय सरकारको साझा न्यूनतम कार्यक्रममा नसमेटिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा निधिले यसबारे आपत्ति जनाएका हुन्।

लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषय समावेश हुनु सकारात्मक पक्ष रहेको बताउँदै उनले चीनले अतिक्रमण गरेको हुम्लाको भू–भागबारे साझा न्यूनतम कार्यक्रम मौन बस्नु उपयुक्त नरहेको जिकिर गरेका हुन्।

नेपालस्थित चिनियाँ दूतावासले इतिहासमै पहिलोपटक पार्टी कार्यालयमा पत्र पठाएको स्मरण गराउँदै उनले साझा न्यूनतम कार्यक्रम महत्वपूर्ण विषयबारे मौन रहेको जिकिर गरे।

बैठकमा उपस्थित नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं केन्द्रीय सदस्य जीवन शाहीले चीनले नेपाली भू–भाग अतिक्रमण गरेको प्रष्ट्याएका थिए।

चीनले नेपाल भू–भाग अतिक्रमण गरेको पुष्टि नभए आफूले राजनीतिबाट सन्यास लिने शाहीले उल्लेख गरेका थिए।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ४ : ११ बजे